जेठ २ – विश्वको सबैभन्दा बढी उमेरसम्म बाँचेको बिरालोको मरेको छ । स्कुटर नाम दिइएको बिरालोले गएको मार्च २६ तारिखमा आफ्नो ३० औँ जन्मदिन मनाएको थियो । बिरालो पाल्ने गेल फ्लाएडका अनुसार गिनिज बुकले सबैभन्दा बढी उमेर बाँच्ने बिरालोको उपाधि दिनु अघि बिरालो मरिसकेको थियो । स्थानीय पशु चिकित्सक डा. ट्रिशिया लातिमेरले यो बिरालो जति समय बाच्यो त्यो मानिसको एक सय ३६ वर्ष बराबरको भएको बताउनुभएको छ ।
यो बिरालो यती लामो आयुसँग बाँच्नुमा उसको सक्रियता नै मुख्य कारण भएको मानिएको छ । सक्रिय रहको र लगातार घुमफिर गरिरहेकै कारण बिरालो बढी बाचेको बिरालो पाल्ने गेलले बताउनुभयो ।
स्कुटर नामक बिरालोले अमेरिकाको ५० मध्ये ४५ राज्य घुमिसकेको थियो । बिरालोले बिहान सधैँ ६ बजे उठाइदिने गरेको पनि गेलले बताउनुभयो । उहाँले आफु घर पुगेका बेला बिरालो ढोकामा पर्खेर बसिरहेको हुने समेत उहाँको भनाई छ । बिरालोको आयु १२ देखि १८ वर्षको मात्रै हुन्छ ।
– एजेन्सीको सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...