-->
प्रत्युषाको आत्महत्याबारे नयाँ खुलासा, केमिकल रिपोर्ट भन्छ अत्याधिक नशामा थिइन
Advertisement

प्रत्युषा बनर्जीको आत्महत्याबारे नयाँ खुलासाको क्रम जारी छ। यसैबिच प्रत्युषाको शरिरको केमिकल एनालाइसिस रिपोर्ट सार्वजनिक गरिएको छ।

रिपोर्टमा भनिएको छ कि आत्महत्याको समयमा प्रत्युषा नशामा थिइन। उनको शरिरमा अल्कोहल १३५ मिलिग्राम थियो जुन सामान्य भन्दा निकै बढी हो। नशाकै कारण पनि आफुमाथी नियन्त्रण गुमाएकी बताइएको छ। प्रत्युषाले अप्रिल १ मा मुम्बई स्थित आफ्नो अपार्टमेन्टमा आत्महत्या गरेकी थिइन।क्ति बोल्न समेत ठिकसंग सक्दैन। १३५ मिलिग्राम अल्कोहलले मृत्युको जोखिम समेत बढाउँछ। डिप्रेशन बढ्न थाल्छ अनि आफुमाथी नियन्त्रण हुँदैन।

यता प्रत्युषा गर्भवती भएको बारेमा उनका ब्वायफ्रेन्ड राहुल राज सिंहले पनि नयाँ खुलासा गरेका छन्। राहुलले स्वीकारेका छन् कि प्रत्युषा उनको बच्चाको आमा बन्नेवाली थिइन। साथै दुवै मिलेर सहमतिमा गर्भपतनको फैसला गरेको समेत राहुलले बताएका छन्।

प्रत्युषाले महिनावारी कटेको बताएपछि प्रग्नेन्सी टेस्टको लागि डक्टरकोमा गएको र गर्भपतन गर्ने निर्णय गरेको उनले स्वीकारेका हुन। प्रत्युषा र राहुल लिभ-इन रिलेसनशिपमा थिए। भविष्य देख्दै गर्भपतनको फैसला गरेको बताउँदै राहुलेले भने, ‘हामी नोभेम्बरमा विवाह गर्नेवाला थियौँ।’nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.