-->
पाइलटले एयर होस्टेजलाई काखमा राखेपछि...
Advertisement

एजेन्सीः स्पाइसजेट एयरलाइन्सका एक पाइलटले एयर होस्टेजलाई ककपिटमा लगेर काखमा बस्न लगाएपछि पाइलट बर्खास्त भएका छन् ।

स्पाइसजेट जहाजका पाइलटले एयर होस्टेजलाई बोइंग ७३७ जहाजको ककपिटमा लगेर काखमा बस्न लगाएका थिए । पाइलटको यो आपत्तिजनक कार्य सार्वजनिक लगत्तै उनी बर्खास्त भएका हुन् ।
कोलकत्ताबाट बैंकक फ्लाइटको जहाजका पाइलटले एयरहोस्टेजलाई ककपिटमा बोलाएर काखमा बस्न लगाएका थिए ।

आफ्नो पेशाप्रति मर्यादित नभई गलत नियतका साथ यस्तो कार्य गरेको भन्दै घटना सार्वजनिक भए लगत्तै स्पाइसजेट जहाजले पाइलटलाई बर्खास्त गरेको हो । पाइलटले एयरहोस्टेजमाथि यौन शोषण गरेको अरोप लगाइएको छ ।
पाइलटलाई कार्यालयमा हुने यौन शोषण सम्बन्धी कानुनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

यो विषयमा प्रहरीले अनुसन्धानक क्रममा जहाजका अन्य कर्मचारीसँग सोधपुछ समेत गरेको छ ।
यो गम्भीर घटना भएकाले पाइलटलाई कडा भन्दा कडा कारबाहि हुने अनुमान गरिएको छ ।

पाइलटले किन एयर होस्टेजलाई ककपिटमा लिएर बसे भन्ने विषयमा थप अनुसन्धान भइरहेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।
स्पाइसजेटले पाइलटको बयानको क्रम जारी रहेको बताएको छ । पक्राउ परेका पाइलटमाथि प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.