-->
राजेश हमाल, राजेश पायल राई, केकी अधिकारी र सन्दिप क्षेत्रीको बेजोड प्रस्तुति
Advertisement

वाशिंगटन डिसी । गत अप्रिल २३ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सामाजिक अभियानका लागि आयोजना गरिएको सांगीतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

गत बर्ष नेपालमा भूकम्प गएको एक बर्ष हुनु ठिक एक दिन अगाडि गरिएको उक्त कार्यक्रममा कलाकारले अमेरिकामा भूकम्पको दिन, असर सम्झदै आफ्ना अनुभव र अनुभूति दर्शकलाई सुनाएका थिए ।
म अनि मेरो जन्म भुमि गोधुली साँझ नामक कार्यक्रमको आयोजक ‘घाँसी नेपाल’को लागि संयोजन तथा सहकार्यमा एनआरएन भर्जिनिया शाखा तथा डिसी क्षेत्रका क्रियाशिल संघसस्थाहरुको सहभागितामा गरिएको थियो ।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गर्दै गत बर्ष भूकम्पबाट दिवंगत हुनेको सम्झनामा आधा मिनेट मौन धारण गरिएको थियो ।
भुकम्पले भत्किएका विध्यालयहरुको ‘छानो–पर्खाल’ जुटाउने अभियानमा सबैले सक्दो योगदान गरौ भन्ने नारा रहेको उक्त सांगीतिक कार्यक्रम आर्थिक सहयोग जुटाउने पवित्र उद्देश्य लिएर नेपालबाट आएका कलाकारहरु नायक राजेश हमाल, गायक राजेश पायल राई, नायिका केकी अधिकारी र हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहेको थियो ।

यसको साथै स्थानीय कलाकारमा सुप्रभा ढुंगानाले नेपालकी छोरी, सरिना तिम्सिनाले टुनाले डम्फु बजाउदा, सिर्जना पन्तले माईती घर, सुनिता सुबेदी र बर्षा सापकोटाले तिर्खा लाग्दा भन्ने गीतमा नृत्य प्रस्तुत गरेका थिए । घाँसी नेपालले लिएर हिडेको पवित्र लक्ष तथा अभियानलाई सफल गर्न कलाकारहरुले पारिश्रमिक समेत नलिई कार्यक्रम प्रदर्शन गरेको जानकारी आयोजकले दिएका थिए ।

महानायक राजेश हमालको, एकल सम्बाद तथा नायिका केकी अधिकारीसंगको नृत्य विशेष आकर्षित रहेको थियो भने लोकप्रिय गायक राजेश पायल राईले बिबिध गीत पस्कि भरपुर मनोरन्जन प्रदान गर्दै दर्शकलाई झुमाएका थिए ।

नायिका केकी अधिकारीको एकल नृत्य तथा अन्य प्रस्तुति उत्कृष्ट रहेको थियो । हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीले दर्शकलाई भरपुर मनोरंजन प्रदान गराएका थिए । क्षेत्रीको प्रस्तुति देखेर अमेरिकाका नेपाली समुदायले उनको प्रतिभा प्रति मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रम आयोजक घासी नेपालका अध्यक्ष माधव घिमिरेले घासी संस्थाको छोटो परिचय दिएका थिए । घिमिरेले मन्तब्य कै क्रममा १६ बर्ष देखि शिक्षा क्षेत्रमा काम गरि रहेको र भूकम्पबाट भत्किएका बिद्यालयलाई पुनर्निर्माण गर्ने घासी नेपालका मुख्य उदेस्य रहेको बताएका थिए । घासी नेपालको वृतचित्र पनि देखाईएको थियो ।

गैर आवासीय नेपाली संघका भर्जि्निया शाखाका अध्यक्ष मुक्ति दवाडीले कार्यक्रमको उदेस्य बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम संचालन परशुराम तिमिल्सिनाले गरेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.