-->
ज्यान मुद्दामा फरार भेले पक्राउ
Advertisement

१६ वैशाख, काठमाडौं।
ज्यान मुद्दामा फरार रहेका नुवाकोट दाङसिङ गाविस घर भई हाल काठमाडौँ टोखा नगरपालिका बस्ने २३ वर्ष ‘भेले’ भनिने रमेश गधौलीलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङ, तिप्लिङ गाविस घर भई काठमाडौँ, गँगबुँ बस्ने १८ वर्षीय युयन तामाङलाई विसं २०७० कात्तिक १९ गते गँगबुँ बानियाँटार जाल्पा चोकमा बाटो छेकी टाउकामा इँटा ढुङ्गा प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका गधौलीलाई महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो ।
उनलाई गँगबुँ गणेशस्थानबाट पक्राउ गरिएको हो । अभियुक्त गधौलीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
त्यस्तै नक्कली प्रवेशाज्ञा तयार गरी रोजगारीको लागि विदेश पठाइदिने भनी ठगी गर्ने व्यक्ति बुधबार पक्राउ परेका छन् । सप्तरी फर्सेट गाविस घर भई हाल काठमाडौँ, कागेश्वरी मनोहरा बस्ने ३२ वर्षीय सुरेन्द्र विमल यादवलाई नक्कली प्रवेशाज्ञा तयार गरी रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनका साथबाट ४४ थान राहदानी र विभिन्न व्यक्तिको नामका नक्कली प्रवेशाज्ञा र मागपत्र समेत फेला पारेको छ । यादवले सप्तरी फकिरा गाविसका उदयकान्त मण्डल समेत नौ व्यक्तिलाई संयुक्त अरब इमिरेट्स, दुबईको फरक फरक कम्पनीमा आकर्षक तलबमा रोजगारीका लागि पठाइदिन्छु भनी रु सात लाख र राहदानी लिएर नक्कली प्रवेशाज्ञा दिएका थिए ।
यसैगरी प्रहरीले रुस पठाइदिने भनी ठगी गर्ने भनिएका मकवानपुर, हेटौँडा नगरपालिका घर भई हाल मनमैजु बस्ने २२ वर्षीय विजय थापालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची सन्धिखर्क बस्ने २७ वर्षीय विष्णुबहादुर बस्नेत समेतका चार व्यक्तिलाई आफू भर्खरै रुसबाट
आएको र आफूसँगै फेरि उतै लैजाने भनी ती व्यक्तिबाट अभियुक्त थापाले रु पाँच लाखका दरले रकम उठाएका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.