-->
पाकिस्तानलाई फाइटर विमान एफ-१६ नदिन ओबामालाई चेतावनी, भारत खुसी !
Advertisement

काठमाडौं, १६ वैशाख । पाकिस्तानलाई फाइटर विमान नदिन अमेरिकी राष्ट्रपति बराक ओबामामाथि दबाब परेको छ ।
अमेरिकाका कैयौ वरिष्ठ सांसदहरुले राष्ट्रपति ओबामालाई पाकिस्तानले एफ–१६ लडाकु विमानको प्रयोग भारतविरुद्ध गर्न सक्ने र यसले दक्षिण एसियाको शान्ति खलबलिनुका साथै तनाव सिर्जना हुने चेतावनी दिएका हुन् ।
यो खबरले भारत भने खुसी भएको समाचार भारतीय सञ्चारमाध्यमले लेखेका छन् । किनकि पाकिस्तान भारतको मूख्य दुश्मन र सुरक्षा चुनौति हो ।
अमेरिकी सांसदहरुले पाकिस्तानलाई एफ–१६ विमान दिने निर्णयमा पुनर्विचार गर्न ओबामालाई सुझाव पनि दिएका छन् । यी सांसदहरुले आतंकवादविरुद्ध लड्ने पाकिस्तानको एउटा बहानामात्रै भएको बता
एका छन् ।
पाकिस्तानले फाइटर विमान हात पारेर भारतमाथि दबाब पार्ने रणनीति अख्तियार गरिरहेको उनीहरुको टिप्पणी छ । पाकिस्तानले पर्याप्त संख्यामा एफ–१६ लडाकू विमान पाएमा एसियाको शान्ति व्यवस्थामाथि असर पर्ने शंका पनि सांसदहरुले गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार वरिष्ठ सांसद मैट सेलमान, ब्रेड शर्मन र इलीना रासले पाकिस्तानलाई एफ–१६ लडाकु विमान दिने निर्णयमा पुनर्विचार गर्न ओबामालाई सुझाव दिएका हुन् ।
यता ओबामाका प्रतिनिधि रिचर्ड आलसनले पाकिस्तानलाई एफ–१६ विमान दिने निर्णय आतंकवादविरुद्ध लड्नका लागि भएको बताए । उनले भने- ‘हामीले दिएका लडाकू विमानहरु अफगानिस्तानको बोर्डरमा तैनाथ हुनेछन् जहाँ तालिवानीविरुद्ध लड्नेछन् ।’
यसअघि अमेरिकी सरकारले पाकिस्तानलाई ३० भन्दा बढी लडाकू विमान दिने निर्णय गरेको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.