एजेन्सी-बेल्जियमका सोधकर्ताहरुले गरेको एक अनुसन्धानका अनुसार कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुन्छ ।
अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुगेका महिला अरु आम महिला भन्दा भिन्न देखिन्छन् । यौनमा सन्तुष्ट महिलाहरुको हिँडाईमा समेत सो कुरा व्यक्त हुने अध्ययनको निचोड छ ।
अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य भएका महिलाहरुको हिँडाइको चाल नै बेग्लै हुन्छ । यौन सन्तुष्टी पाउने महिलामा र सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला–ठूला पाइला चालेर हिँड्ने गर्छन् ।
पाकक्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट मात्रै सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने बताईएको छ । योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाएका कारण महिलाहरुमा यौनले आत्मविश्वास बढाएको अध्ययनकर्ता बताउँछन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...