काठमाडौं । अभिनेत्री रेखा थापाले आफूले निर्माण गरेको फिल्म ‘राम प्यारी’ हलबाट हटाउन ठूलो षड्यन्त्र भएको आरोप लगाएकी छिन् ।
फिल्म वितरणको जिम्मा पाएको ‘एफडी’ अर्थात फिल्म डिष्ट्रिब्युशनले मुख्य सहरहरूमा ‘राम प्यारी’लाई नलगाएर नाई नभन्नु ल ४’ लगाइदिएपछि रेखा रिसाएकी हुन् ।
‘एफडी’मा रेखा थापाको पनि केही हिस्सा शेयर छ । आफ्नो शेयर रहेकै संस्थाले प्रमुख शहरमा ‘राम प्यारी’ नलगाइदिएपछि उनले घुमाउरो भाषामा असन्तोष जनाएकी छिन् । रेखा रिसाएको थाहा पाएपछि ‘एफडी’का अध्यक्षदेखि अन्य पदाधिकारी उनको सम्पर्कमा जान मानेका छैनन् ।
रेखाले आफ्नो फेसबुक पेजमा भनेकि छिन्, ‘भावनात्मक रुपमा कोमल छु, तर बाहिरबाट कछुवाको जस्तो कठोर विचारको खोल राख्न बाध्य छु । नारीको कोमलतासँग खेलवाड गर्ने समाज जो छ । म फिल्ममा जस्ती देखिन्छु, त्यस्तै छु पनि छैन पनि… शुभ दिन’
रेखाले सोँचे अनुसार ‘राम प्यारी’ले कमाइ गर्न नसकेको स्वीकार गरेकी छिन् । हुन त रेखा थापाको घमण्डले पनि ‘राम प्यारी’ डब्बा हुनुमा ठूलो भूमिका खेलेको छ । उनको अहंता र घमन्डीपनाले फिल्म हलहरूबाट ‘राम प्यारी’लाई उतारेको बताउनेहरू पनि छन् ।
विकास आचार्यको फिल्म ‘नाई नभन्नु ल ४’ले पनि बाहिर प्रचार प्रसार गरिएअनुसार खासै कमाउन सकेको छैन । पैसा कमाउन नसकेर हलबाट फिल्म उत्रिएपछि चकित परेका विकास आचार्य टाउकोमा हात राखेर हिँड्ने गरेका छन् ।
स्रोतका अनुसार ‘नाई नभन्नु ल ४’ हलबाट उत्रिएका स्थानमा रेखाले आफ्नो फिल्म लगाउन ‘एफडी’लाई दबाब दिँदै आएकी छिन् । एफडीले के गर्ने हो औपचारिक रुपमा केही बताएको छैन । हलबाट उत्रिसकेको फिल्म फेरि लगाउँदा रिलिजको डेट कुरेर बसेका अरु निर्माता र फिल्महरूलाई ठूलो असर पर्नेछ ।
रेखाका कारण ‘एफडी’ले हलबाट उत्रिसकेको ‘राम प्यारी’लाई लगायो भने नयाँ फिल्मप्रति अन्याय हुनेछ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...