-->
माइती फिर्तापछि आत्महत्या
Advertisement

जाजरकोट । यहाँको लहँ गाविस–४ की सुस्मिता थापाको मृत्यु भएको छ । कक्षा १२ मा अध्ययनरत भानुभक्त उच्च माविकी २० वर्षीया थापाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको स्थानीयवासी हरिश रावलले जानकारी दिनुभयो ।
यही वैशाख ३ गते डाडागाउँ गाविस–५ का कालीबहादुर पुनसँग प्रेमविवाह गरेकी थापालाई माइतीले जबर्जस्ती फर्काएर वैशाख ४ गते माइतीमै ल्याएपछि मङ्गलबार दिउँसो आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् । अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै थापालाई विवाह गर्नबाट रोकिएको थियो । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.