-->
हिन्दु धर्मका केहि अन्धविश्वासका पछाडि यस्ता कारणहरू छन्…
Advertisement

जुनसुकै भू-भाग वा देशमा जाऔँ, हरेक ठाउँका मानिसहरूको आफ्नै एउटा विश्वास हुन्छ, जुन पुर्खौँदेखि चल्दै आएको हुन्छ। उनीहरूको त्यो विश्वास हामी आधुनिक युगका लागि अर्थहीन अथवा तर्कहीन लाग्न सक्छ, तर त्यसमा कुनै-न-कुनै एउटा तर्क समावेश भएको हुन्छ, जुन समयसँगै बिलाएको हुन्छ। अनि त्यसैलाई हामी अन्धविश्वास भन्छौँ। प्राचीनकालका मानिसहरूको बाँच्ने शैली र विश्वास अहिले आएर अन्धविश्वासको रूपमा परिवर्तन भएको छ।
अधिकांश प्राचीन जीवनशैली आधुनिक युगको लागि सङ्कुचित हुन सक्छ, त्यसको कुनै आधार हुँदैन, तथापी, हिन्दु धर्ममा मान्दै आइएका केहि अन्ध-विश्वासहरू छन्, जसको साँच्चीकै अर्थ र तर्क हुन्छ अनि वैज्ञानिक अर्थ पनि हुन्छ।
नेपालमा हाम्रा पुर्खाहरूले मान्दै आएका केहि अन्ध-विश्वासहरू छन्, जुन तर्कहीन छ, फेरि त्यहिँ कतिपय अन्ध-विश्वासहरू पनि छन्, जसको एकदम ठेट तर्क छ, जस्तै;
१. ‘तुलसीको पात चपाउनुहुँदैन, पाप लाग्छ!’
हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको स्वरूप मानिन्छ, त्यसकारण नै यसको पातलाई दाँतले चपाउनु भनेको भगवान विष्णुको अपमान गर्नु हो भनिन्छ, तर यो त धार्मिक कारण भयो।
तथापी, आजको विज्ञानले अर्कै कुरा भन्छ- तुलसीको पातमा थोरै मात्रा ‘आर्सेनिक’ (Arsenic) रसायन हुन्छ, जसलाई चपाउँदा हाम्रो मुखमा भएको अल्कलाइन (alkaline) र दाँतमा भएको क्याल्सियमसँग प्रतिक्रिया गरेर दाँतबाट क्याल्सियम सोस्दछ र कमजोर बनाउँदछ।
२. ‘शिशुको नाबी काटेर फाल्नुहुँदैन, तामाको भाँडामा छोपेर राख्नुपर्छ!’
‘मानवधर्मशास्त्र’मा यो उल्लेख गरिएको छ कि नवजात शिशु जन्मिएपछि उसको नाबीलाई काटेर फाल्नुहुँदैन र तामाको भाँडामा ढाकेर राख्नुपर्दछ। यसो गर्दा सो बच्चा घरप्रति उत्तरदायी हुने र घरको जिम्मेवारी लिन सक्षम हुने विश्वास गरिन्छ।Reasoning behind some superstitions in
तर अहिलेको वैज्ञानिक खोजबाट के पत्ता लाग्यो भन्दा, मानवको नाबीमा एक विशेष किसिमको कोष हुन्छ, जसको अन्य किसिमका कोषहरूमा विकसित हुन सक्ने क्षमता हुन्छ र तामाको भाँडामा राख्दा त्यसको क्षमता नष्ट हुँदैन।
३. ‘घर वा पसलको ढोकामा एउटा कागती र सातवटा हरीयो खुर्सानी झुण्ड्याउनुपर्दछ!‘
जहाँ ‘धर्म’ हुन्छ, त्यहाँ ‘पाप’ हुन्छ। ‘सत्य’ जहाँ हुन्छ, त्यहाँ अवश्य पनि ‘असत्य’ हुन्छ हुन्छ। यो प्रकृतिकै नियम हो, एक बिना अर्को अधुरो छ, सिक्काको दुई पाटा जस्तै।
त्यसरी नै घरको पारिवारिक तथा आर्थिक स्थितिको दुईवटा पाटा हुन्छ- लक्ष्मी (सुख, शान्ती, सम्पन्नता) र अलक्षमी (दुख, चिन्ता र दरिद्रता)। हिन्दु धर्ममा अलक्ष्मी भनेको लक्ष्मीकै बहिनी मानिन्छ। र उनको मन नपर्ने स्वाद भनेको अमिलो र पीरो हो भन्ने ठानिन्छ। त्यसैले घर र पसलको ढोकामा यसरी कागती र खुर्सानी झुण्ड्याउँदा घरभित्र अलक्ष्मी भित्रीन पाउँदैन भन्ने विश्वास गरिन्छ।
तथापी, विज्ञानको तर्क भने अर्कै छ। कागतीमा साइट्रिक एसिड हुन्छ र खुर्सानीमा क्यापसेसिन एसिड। जब हामीले कागती र खुर्सानीलाई धागोले उनेर झुण्ड्याउँछौँ, तब त्यहि धागोको बाटो हुँदै क्यापसेसिन एसिड साइट्रिक एसिडसँग मिल्न जान्छ, जसको रसायनिक प्रतिक्रियाबाट एक मन्द गन्ध पैदा हुन्छ। यो गन्ध यति सुक्ष्म हुन्छ कि यसले स-साना कीटाणुहरूलाई मात्र प्रभाव पार्दछ। यो गन्धले कीटाणुहरूलाई घायल बनाइदिन्छ र घरमा रोगव्याध आउन दिँदैन।
४. ‘उत्तरतर्फ टाउको राखेर सुत्नुहुँदैन!’
सायद हाम्रा पुर्खाहरूलाई पृथ्वीको चुम्बकीय बल र मानव शरीरको सम्बन्धको बारेमा ज्ञान थियो होला, त्यसैले नै उत्तरतर्फ टाउको राखेर सुत्नुहुँदैन भन्ने गर्थे। तर समयसँगै त्यो तर्क पनि बिलाएर गएको थियो होला।
यदि हामीले सुत्नेबेला उत्तरतर्फ टाउको राखेर सुत्यौँ भने, पृथ्वीको चुम्बकीय क्षेत्र र हाम्रो शरीरको जैविक-चुम्बकीय क्षेत्रको बीचमा प्रतिकर्ष (repel) पैदा हुन्छ र हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्दछ।
५. ‘नछुने भएको महिला घर र मन्दिरभित्र पस्नुहुँदैन, पाप लाग्छ!’
हुन त यो एकदमै तार्किक विश्वास हो। प्राचीन वैद्यहरूले सोँचबुझ गरेरै महिलाहरूलाई महिनावारी भएको बेला घर र मन्दिरभित्र प्रवेश निषेध गरिदिएका थिए। महिलाहरूको काम घरमा नै सीमित हुने गर्थ्यो। खाना बनाउने, बालबच्चाको ख्याल राख्ने, गाई भैँसी दानापानी दिने, आदि। महिनावारी हुँदा केहि दिनसम्म महिलाको योनीबाट निरन्तर रगत बगिरहन्छ र शरीर पनि कमजोर हुने गर्छ। यस्तो बेलामा घरको काम गर्दा शरीरलाई प्रत्येक्ष असर गर्दछ। त्यसको साथै योनीबाट निस्केको रगतमा विभिन्न किसिमका कीटाणु तथा जीवाणुहरू आकर्षित हुने गर्छ, जसले विभिन्न किसिमका रोग तथा समस्याहरू ल्याउन सक्दछ।
अनि मन्दिर भनेको पवित्र स्थल हो, जहाँ एकदमै चोखो हुनुपर्दछ। महिनावारी भएको महिला मन्दिर भित्र पस्दा उनीहरूसँगै आएका कीटाणु तथा फोहोर अनि रगतको दर्गन्धले मन्दिरलाई अपवित्र बनाउने कारणले नै उनीहरूलाई मन्दिरमा पस्न निषेध गरिएको थियो।
तर, समयसँगै यो परम्परा विकृति र कुकृतिको स्रोत बन्न पुग्यो। महिनावारी भएको बेलामा काम गर्नुहुँदैन, बरु दिनदिनै नुहाएर केहि दिनसम्म आराम गर्नुपर्दछ भन्ने तार्किक विश्वास रूढ हुँदै आएर अन्धविश्वास र विकृतिको रूपमा परिवर्तन हुन पुगेको हो। अझै पनि कतिपय विकट गाउँहरूमा महिनावारी भएको महिलालाई घरभित्रै पस्न नदिई गाईको गोठ अथवा टहरामा सुताउने प्रथा चलिरहेको छ।
६. ‘घर भित्र नङ काट्नुहुँदैन, गरीबीले घेर्छ!’
यो त सबैले सुनेकै र भोगेकै कुरा हो। अनि सोँच्नुभएकै होला कि नङ र गरीबीको के सम्बन्ध? तर सम्बन्ध छ:Cutting Nail
नङ भनेको मृतकोषहरू हुन्, जसमा शरीरलाई नचाहिने अनि हानिकारक तत्वहरू हुन्छन्। यदि हामीले घरभित्र नङ काट्यौँ भने त्यो नङ उछिट्टिएर जता पनि जान खस्न सक्छ, खाना अथवा पानीमा पनि पर्न सक्छ। अनि यदि हामीले नङ खायौँ भने त्यसमा भएका कीटाणु र हानिकारक तत्व पनि खान्छौँ, जसले विभिन्न किसिमका रोग तथा शारीरिक समस्याहरू निम्त्याउन सक्छ। रोग लागेपछि उपचार गर्नुपर्यो, जसको लागि खर्च बढि हुन्छ र यसरी उपचार गर्दा गर्दा घरको आर्थिक स्थिति पनि कमजोर हुँदै जान्छ र अन्त्यमा, गरीबी!
७. ‘रातिको बेला घर बढारेर फोहोर बाहिर फाल्नुहुँदैन, लक्ष्मी भाग्छिन्!’
यसमा पनि एक गहिरो तर्क लुकेको छ। पहिलेपहिले धन र सम्पत्ती पैसा थिएन। पहिले अन्नलाई नै धन र सम्पत्ती मानिन्थ्यो र पैसा पनि सानो-सानो सिक्का हुन्थ्यो। र यदि राति घर बढार्यो भने भुइँमा खसेका अन्नका दाना र पैसाको सानो सिक्का पनि फोहोरसँगै बाहिर फालिने डर हुन्थ्यो, किनभने राति अँध्यारो हुन्छ र देख्नको लागि पहिले बिजुली थिएन। त्यसैकारण नै घरको फोहोर फाल्ने काम विहानमा गर्दा शुभ मानिन्थ्यो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.