-->
भारतीय प्रधानमन्त्री मोदी सुटुक्क नेपाल आउने तयारीमा
Advertisement

शुक्रबार, १७ वैशाख
काठमााडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुटुक्क नेपाल आउने तयारीमा रहेका छन।
उनी बुद्ध पूर्णिमाको अवसरमा बृद्ध जन्मस्थल लुम्बिनी आउने तयारीमा रहेको भारतिय सञ्चार माध्यमले उल्लेख गरेका छन ।
नेपालको संबिधान घोषणपछि असन्तुष्टि जनाउदै नेपालमा नाकाबन्दी लगाएपछि नेपालीहरुले भारत प्रति हेर्ने दृष्टिकोणमा सुधार्नका लागि उनी तेस्रो पटक नेपाल आउने तयारीमा रहेको बताइएका छ ।
प्रधानमन्त्री मोदीसंग बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी आउने समाचारमा बताइएको छ । तर नेपालका परराष्ट्र अधिकारीहरुले भने मोदीको नेपाल भ्रमणबारे जानकारी नरहेको बताएका छन ।
यस अघि दुई पटक नेपाल भ्रमण गरिसकेका मोदीको अब नेपाल आएको खण्डमा तेस्रो नेपाल भ्रमण हुने छ ।
यस अघिको नेपाल भ्रमणको क्रममा नेपालीहरुले मोदी प्रति खुल्ला हृदयका साथ स्वागत गरेका थिए । तर पछिल्लो समयले भारतले नयाँ संविधान लाई स्वागत नगरी नेपालमाथि नाकाबन्दी गरेपछि भारत प्रति आम सर्वसाधरण अक्रोसित रहदै आएका छन ।
अहिले नाकाबन्दी हटेपछि जनजीवन बिस्तारै समान्य हुदै गएपछि मोदी सम्बन्ध सुधारका रुपमा भ्रमण गर्ने तयारी गरेको बताइएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.