चीनको एक रसायन कारखानामा भएको शक्तिशाली विस्फोटमा परि कम्तिमा १ सय ६५ जनाको ज्यान गएको छ । विस्फोटका कारण एक सयभन्दा भन्दा बढी मानिस घाईते भएको वताईएको छ ।
चीनको पूर्वी सहर जिङजियाङमा लाखौं इन्धन भण्डारण गरिएको फ्याक्ट्रीमा भएको भीषण विस्फोटमा कम्तिमा पनि १ सय ६५ संख्यामा मानिसको ज्यान गएको हो । विस्फोट गत वर्ष अगस्टमा उत्तरी सहर तियान्जिनमा भएको डरलाग्दो रसायन विस्फोटपछिको दोस्रो शक्तिशाली विस्फोट हो । विस्फोट लगँत्तै घटनास्थल वरपरका मानिसहरुमा भागाभाग मच्चिएको थियो ।
समाचार अनुसार रसायन भण्डार गर्न अधिकार प्राप्त कम्पनी जियाङ्सु डेक्वीओ परिसरमा भएको हो । स्थानीय जिनजियाङ सरकारले रसायन विस्फोटपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताउँदै आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । घटनापछि सार्वनजिक तस्बिरहरुमा रसायन भण्डारमा आगो लागेपछि चीनको जिङजियाङको आकाश धुवाँले ढाकेको देखाइएको छ ।
जिङजियाङ सरकारले घटनास्थललाई नियन्त्रणमा लिएर अवस्थालाई सामान्यीकरण गराउने प्रयास भइरहेको जनाएको छ । तर यो विस्फोटको कारण भने अहिलेसम्म खुलिसकेको छैन । चीनमा गत अगष्टमा पनि तियान्जिनमा यस्तै डरलाग्दो रसायन विस्फोट हुँदा सयौं मानिस मारिएका थिए ।news24nepal


0 comments
प्रतिक्रिया दिनुहोस्...