-->
सोनिश अवाललाई सेनाले निःशुल्क पढाउने
Advertisement

१२ वैशाख, काठमाडौं । वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परि घरको भग्नावशेषबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएका भक्तपुर सोनिस अवालेलाई नेपाली सेनाले निःशुल्क पढाउने भएको छ ।
भूकम्प गएको १ बर्षपछि एक कार्यक्रमकाबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिसलाई सैनिक बिद्यालयमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पुनर्जीवन पाएका सोनिसलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा ६ देखि स्नातक तहसम्म निःशुल्क पटाउने भएको हो ।
त्यस्तै, ५ कक्षासम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराई सो अवधिभर उनकोशिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा पनि सेनाले नै उपलब्ध गराउनेछ ।
- अनलाइनखबर



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.