-->
रोनाल्डो र बेन्जिमा चोटमुक्त, म्यानचेस्टर सिटीविरुद्ध दुबै खेल्ने
Advertisement

एजेन्सी काठमाडौं
रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगको खेलका लागि क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमा दुवै ‘फिट’रहेको बताएका छन्।
ला लिगाको भिल्लारियलविरुद्धको खेलमा चोटग्रस्त भएका रोनाल्डो र रायो भ्यालिकानोविरुद्धको खेलमा घाइते भएका बेन्जिमा दुवै म्यानचेस्टर सिटीसँग मंगलबार हुन खेलका लागि ‘फिट’ भएको जिदानले वताएका हुन्।
जिदानले भनेका छन्,‘रोनाल्डो र बेन्जिमा दुवै सय प्रतिशत नै फिट भएका छन्। उनीहरु आज चोटमुक्त छन्।’ उनले दुवै खेलाडी म्यानचेस्टर सिटीविरुद्धको खेलमा मैदान उत्रिने वताएका छन्।
रोनल्डोले यो सिजनमात्रै ४७ गोल गरिसकेका छन् भने च्याम्पियन्सलिगमा यो सिजन सर्वाधिक १७ गोल गरिसकेका छन्। त्यसैले पनि रोनाल्डोलाई जिदानले सेमिफाइनलको पहिलो लेगमा मैदान उतार्ने भएका हुन्।
म्यान सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलसम्म स्थान बनाएको टोली हो भने रियलले अहिलेसम्म २७ पटक सेमिफाइनलमा स्थान बनाएको छ। रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको १० पटकको विजेता हो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.