ठूलो रकम उठाएर नक्कली खेलाडी बनाएर विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी बनाउन पठाउने अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेसन नेपालका उपाध्यक्ष ४४ वर्षीय चेतनराज गिरी पक्राउ परेका छन् ।
गिरीलाई बिहिबार अपराध महाशाखाबाट खटेको टोलीले बिहिबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । गिरी नेपाल तेक्वान्दो महासंघ ईन्टरनेशनलको उपाध्यक्ष तथा रग्वी संघको महासचिव रहेका छन् ।
गिरीले म्याग्दी घर हुने बर्ष ५३ को टेक प्रसाद लामगाडे र दिपक सुनारलाई ईन्टरनेशनल तेक्वान्दो फेडरेशनका नक्कली कार्ड बनाई कोरीया पठाईदिने भनि क्रमश १ लाख र २ लाख ६० हजार लिएको उजुरी परेको थियो ।यसअघि झापा घर हुने राजेन्द्र दवाडीलाई समेत आइटिएफ को नक्कली कार्ड बनाई तेक्वान्दोको खेलाडी बनाई ७ लाख ५० हजार लिई लण्डन पठाएकोमा नक्कली कागजात भन्ने थाहा पाए पश्चात लण्डन एयरपोर्टबाट फिर्ता भएको उजुरी पनि महाशाखामा परेको थियो ।
न्युजिल्याण्ड, ईंग्ल्याण्ड, चिन र क्यानडमा भएको तेक्वान्दो विश्वकपमा समेतमा रेफ्रीको रुपमा भुमिका निर्वाह गरेका गिरीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।
शेयर गर्नुहोस


0 comments
प्रतिक्रिया दिनुहोस्...