-->
लोडसेडिङ अन्त्यको जिम्मेवारी यो सरकारले लिन्छ : अर्थमन्त्री पौडेल
Advertisement

काठमाडौं, २१ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई वर्षभित्र मुलुकलाई लोडसेढिङ मुक्त गराउने दोहराउँदै त्यसका लागि सरकारले काम गर्ने बताउनुभयो ।
संसदको आजको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले जसरी पनि मुलुकलाई दुई वर्षभित्र लोडसेढिङ मुक्त बनाउने बताउनुभयो । ‘यो सरकारले मुलुकलाई लोडसेढिङ मुक्त बनाउँछ’, उहाँले भन्नुभयो, ‘त्यसको जिम्मेवारी यही सरकारले लिन्छ ।’
अर्थमन्त्री पौडेलले प्रधानमन्त्री केपी ओलीतर्फ हेर्दै अगाडि भन्नुभयो, ‘यो सरकारले लोडसेढिङ अन्त्य गर्ने जिम्मेवारी लिन्छ ।’ अर्थमन्त्रीले सो कुरा बताइ रहँदा प्रधानमन्त्री ओली गम्भीर मुद्रामा देखिनु भएको थियो ।
यसैबीच, संसदको अर्को बैठक जेठ २२ गते ३ बजेसम्मका लागि स्थगित भएको छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.