जेठ २५, बुटवलका होटलहरुमा प्रहरीले छापा मारेर १२ जोडीलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म विभिन्न होटलहरुमा छापा मारेर १२ जोडीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
नेपालगञ्जरोड, बसपार्क एरिया तथा इट्टाभट्टी क्षेत्रका होटलहरुमा छापा मार्दा प्रहरीले १२ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा अधिकांश कलेजका बिद्यार्थी छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले प्रहरीले २३ वटा होटलमा छापा मारेको बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...