काठमाडौ । अफगानिस्ताको कावुलमा आतंवादी हमलामा घाइते भई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीहरूले आफूहरु चढेको बसमा भएको बम आक्रमण आत्मघाती नभएको बताएका छन् ।
अफगान सरकारले एक जना आत्मघातीले गुडिरहेको वसमा आक्रमण गरेको बताए पनि घाइतेहरुले आफूहरुले कुनै पनि आत्मघाती हमलाकारी तथा उसको लास नदेखेको बताएका छन् ।
उनीहरुले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट गराएको हुन सक्ने आशंका गरेका छन् । उनीहरुले आत्मघाती हमलामात्र भनेर नहुने र अनुसन्धानगनुपर्ने समेत वताए ।
विष्फोट भएको वसमा सवार नेपाली सुरक्षाकर्मीका सुपरभाइजर कुमारबहादुर गुरुङले एपोलो अस्पतालमा भने, ‘म ड्राइभर नजिकै थिए ।
किनभने मेरो जिम्मेवारी बाटोको सुरक्षा पनि थियो । गाडीमा विष्फोट भएपछि केही क्षणमा म वाहिर निस्कें ।’
जतिसुकै पिडा भएपनि सुपरभाइजर भएको हिसावले प्रहरी, कम्पनीदेखि सवैतिर खवर गर्ने र उद्धार गर्ने दायित्व आफ्नो भएको उनले वताए ।
नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षवाहेक आफू अफगानिस्तानमा नै सेवारत रहेको उनले बताए ।
‘घटनामा मारिएका र घाइते भएकाहरुलाई हेरें तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानिय सुरक्षाकर्मीलाई खवर गर्नेदेखि घाइतेलाई उपचारको लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेलानपरेको वताए । उनले आफूले सवै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडी वढाएको समेत वताए ।
गोर्खा देउराली–३ का थापाका अनुसार गाडीमा रहँदा दायाँवायाँ सवैतिर शंकास्पद वस्तु तथा मान्छे हेर्नु जिम्मेवारी समेत उनको थियो । ‘हाम्रो गाडी विष्फोटमा पर्दा सडकमा केही महिला र कच्चाहरु मात्र केही पर थिए,’ उनले भने । विष्फोटका कारण दाया कानको जाली फुटेका कारण राम्रोसँग वोल्न नसक्ने भएका उनले आत्मघाती वमविष्फोट भएको भनिए पनि गाडीको चक्का तथा माथिल्लो भागमा केही नभएको वताए ।
‘घटना शंकास्पद छ किनभने जति पनि हाम्रँ साथीहरु मरेका छन, उनीहरु सवैको टाउको र शरीरको अन्य भाग छुट्टिने गरी आक्रमण भएको छ’ उनले भने । यदि आत्मघातीले वस वाहिर विष्फोट गराएको भने त्यस्तो हुनुनपर्ने उनी वताउँछन् । आजको कान्तिपुरामा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...