-->
१६० करोडमा बनेको रजनीकान्तको चलचित्रले प्रदर्शन अगावै २ सय करोड कमाई गरिसकेको छ ।
Advertisement

साउथका सुपरस्टार नायक रजनीकान्तको नयाँ चलचित्र ‘कबाली’को टिजर मात्र सार्वजनिक भएको छ । तर, यो चलचित्रको चर्चा अहिले खुबै चुलिएको छ ।
यो चलचित्र १६० करोडको लागतमा बनेको हो । तर, चलचित्रको प्रदर्शन अगावै यसले २ सय करोड कमाएको छ र निर्मातालाई ४० करोड फाइदा भैसकेको छ । चलचित्रको सेट्लाइट र वितरण अधिकार विक्री गरिएको छ । जसवापत निर्मातालाई २ सय करोड प्राप्त भएको छ । यो चलचित्र मलेसिया, चाइनिज, थाई भाषामा पनि डब गरिएकको छ । जुलाई १ मा यो चलचित्र रिलिज हुँदैछ ।
चलचित्रका निर्माता कलाइपुली थानुका अनुसार अमेरिकाका ५ सय हलमा यो चलचित्र लाग्नेछ । यो चलचित्रको प्रचार नयाँ शैलीमा गरिने निर्माताको भनाई छ ।  उनका अनुसार एसियाका केही हवाइजहाजमा चलचित्रको थीम अनुसार पेन्ट गरिनेछ । जहाजमा चढ्ने यात्रुका लागि ‘कबाली’ स्पेशल मेन्यू पनि तयार गरिनेछ ।
रजनीकान्त


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.