८ असार, काठमाडौं । काबुलमा भएको आत्मघाति बम विष्फोटमा मारिएका नेपालीहरुको शव ल्याएको नेपाल वायूसेवा निगमको बिमान साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछ ।
शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आफैं त्रिभुवन विमानस्थलमा पुग्ने भएका छन् ।
निगमको विहान आज बिहान साढे तीन बजे काबुलतर्फ प्रस्थान गरेको थियो । बिमाले मृतकहरुको शवका साथै घाइतेहरुलाई पनि ल्याउनेछ । विष्फोटको घटनापछि काम छोडेर नेपाल फर्किन चालेकाहरुलाई पनि बिमानमा ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
२०७३ असार ८ गते १०:५८ मा प्रकाशित
# काबुल आक्रमण
# केपी शर्मा अोल


0 comments
प्रतिक्रिया दिनुहोस्...