भक्तपुर, २२ जेठ । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले ‘प्रधानमन्त्री केपी ओली र अध्यक्षका प्रचण्डको विरुद्धमा कडा टिप्पणी गरेका छन् ।
पिएचडी गरेका बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई अनपढ भएको आरोप लगाएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छलकपट गर्ने छट्टु भन्दै कडा आलोचना गरेका छन् ।
नयाँ शक्ति नेपाल चागुँनारायण नगरपरिषद्ले शनिबार भक्तपुरको छालिङमा आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा बोल्दै पिएचडी गरेको भट्टराइले यस्तो आरोप लगाएका हुन् ।
उनले भने ‘१४ वर्ष जेल बसेका तर कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउँदैन ।’
यसैगरी भट्टराईले प्रचण्डको आलोचना गर्दै भने ‘भन्ने बेलामा कम्युनिष्ठ भन्ने तर काम भने काँग्रेस र एमाले भन्दा पनि खराब गर्ने प्रचण्डजी र माओवादीका साथीहरु छट्टु हुन् ।’
यसैगरी नेपाली काग्रेसको आलोचना गर्दै उनले भने पुरानो पार्टी भएपनि नेपाली काँग्रेस भ्रष्टचारीलाई संरक्षण गर्ने पार्टी हो ।
उनले भने ‘भ्रष्टहरुलाई जेलबाट निस्कने बेलामा १ सय २० किलोको माला पहिर्याउने र केन्द्रिय सदस्यमा अत्यधिक मतले जिताउनहरुले देशको विकाश गर्दैनन् ।’
यसैगरी नेमकिपाको पनि आलोचना गदै उनले भने हावाको भरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले समाजबादको वकालत गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...