२४ जेष्ठ, काठमाडौं । पुरानो मूल्य र मान्यता भत्काएर आमूल परिवर्तन गर्ने भन्दै १० वर्षसम्म सशस्त्र युद्ध लडेको नेकपा माओवादी केन्द्रको नेतृत्व पुरानो राजनीतिक शक्तिको भन्दा तल्लोतहमा झरेर 'राम्रा भन्दा हाम्रालाई' प्रथामिकता दिँदै केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्य बनाउन थालेपिछ माओवादी केन्द्रको तलदेखि माथिसम्म भाँडभैलो असन्तुष्टि चुलिएको अबर छ ।
यस्तैमा क्रान्तिकारी महिला संघकको अध्यक्षलगायत पदाधिकारीलाइ पोलिटब्यूरो नबनाएर पिताजी प्रचण्डले शक्तिको दुरुपयोग गर्दे आफ्नी छोरीलाई जुनियर महिला पोलिटब्यूरो बनाएपछि माओवादीमा असन्तुष्टि चुलिएको हो ।
२०६३ सालबाट मात्र सक्रिय राजनीति गरेकी प्रचण्डपुत्री रेणु दाहाल, जो महिला संघकी महासचिव छिन् , उनलाइ महिला संघका अन्य सिनियर व्यक्तिहलाई बेवास्ता गर्दै चोर बाटो अपनाएर पोलिटब्यूरो सदस्य बनाइएपछि महिला संघमा रुवावासी चलेको छ ।
क्रान्तिकारी महिला संघका अध्यक्ष, उपाध्यक्ष जस्ता पदाधिकारीलाई लत्याएर महासचिवलाइ पोलिटब्यूरोमा लगेपछि सिनियरहरुले अपमान महसुस गरेका छन् ।
क्रान्तिकारी महिला संघकी एक केन्द्रीय सदस्यले भनिन तर मत्स्य न्याय विकास हुँदै गइरहेको माओवादीमा अन्यायमा पर्यो भनेर बोलिदिने र सुनिदिने कोही छैन ।
माओवादी केन्द्रले विभिन्न माओवादी घटकको एकता लगत्तै केन्द्रीय समिति बनाउँदा छोरा बुहारी, छोरीलाई केन्द्रीय सदस्य बनाएपछि यसलाइ लिएर चर्को विरोध भयो ।
विरोधका स्वर बढेपछि प्रचण्ड पुत्री रेणुले आफूले पदका लागि राजनिित नगरेको भन्दै केन्द्रीय सदस्य नहुने भन्दै उनी बैठकमा पनि सहभागी भइनन् ।
सामाजिक सञ्जालमा पनि उनले पदका लागि राजनिित नगरेको आसयका स्ट्याटसहरु पोस्ट गरेकी थिइन् ।
तर तिनै रेणुको अहिले पोलिटब्यूरो सदस्य भएपछि चुरीफूरी निकै बढेको छ ।नेपालीपत्र डटकमबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...