काठमाडौं । श्रीदेवी देबकोटाको गीत भन्नासाथ दर्शहरुले ज्योति मगरलाई सम्भिmन्छन् । श्रीदेवीका गीतमा मोडलिङ गरेर ज्याति निकै चर्चा र विवादमा आइन् ।
तर, यसपाली यो जोडी टुटेको छ । श्रीदेविको नयाँ गीतमा ज्योती मगर देखिने छैनन् । ज्योतीको साटो श्रीदेवी आफैं मोडलिङ गर्दैछिन् ।
‘पूरुष पात्रमा कसलाई मोडलिङ गराउने हामी विचार गर्दै छौं ।’ अनलाइनखबरसंग कुरा गर्दै श्रीदेविले भनिन् ‘महिला पात्रमा ज्योतीको साटो म आफैं अभिनय गर्छु ।’
झोले पाइन्ट नाम राखेर भिडियो बनाउने तयारीमा श्रीदेवी यसपालीको गीत पनि बिगतमा जस्तै हाँस्य शैलीको हुने बताउछिन् ।
कार्यक्रमको सिलसिलामा ज्योती विदेशमा भएकाले यसपाली भिडियोमा आफैंले मोडलिङ गर्न लागेको श्रीदेवीले बताइन् । ज्योतीको अभिनय हेरेर मनोरञ्जन लिने दर्शकलाई तपाईले सन्तुष्ट बनाउन सक्नु होला ? भन्ने प्रश्नमा श्रीदेवी भन्छिन्, ‘सकेसम्म सन्तुष्ट बनाउने प्रयास गर्छु, हेरौं के हुन्छ ।’
आफ्नो गीतमा आफैंले मोडलिङ गर्दा गीत जीवन्त हुन्छ भन्ने मान्यता राख्ने श्रीदेवीले सुरुमा ज्योतीलाई करले अभिनय गराएको दावी गरिन् ।
उनको भनाई अनुसार ढाडे बिरालो… बोलको गीतको भिडियोमा पहिले ज्योतीले काम गर्न मानेकी थिईनन् । ‘म अलि मोटी छु, यो गीतमा मैले अभिनय गर्दा जीबन्त हुन्न कि’ ज्योतीले भनेकी थिइन् ।
श्रीदेवीले फेरि गीत सुनाईनन् र भनिन्, ‘तपाई सक्नु हुन्छ गर्नुस् । शंकर बिसिले पनि तपाइलाई सघाउनुहुन्छ ।’
यति भनेपछि ज्योती राजी भएकी थिईन् । भिडियो हिट भएपछि अरु पनि केहि भिडियोमा पनि उनको सहकार्य भयो ज्योतीसँग । त्यसपछि साँढे गोरु, लाटोकोसेरो लगायत गीतमा ज्योतीले नै अभिनय गरिन् ।
श्रीदेवीले गाउने गीतमा प्राय शब्द विनोद ढकालले लेखिदिने गरेका छन् । आरोप पनि लाग्ने गरेको छ, श्रीदेविको गीत अश्लिल हुन्छ । तर, श्रीदेवी यो मान्न तयार छैनन् । उनी भन्छिन् ‘मैले गीतमा केही उखानहरु मिसाएकी छु तर, रहनसहनभन्दा पर म गएकी छैन ।’
लोकदोहोरी र तीज गीतमा माया प्रेमका कुरालाई हल्का ढंगले प्रस्तुत गर्नुपर्ने मान्यता राख्ने श्रीदेवी प्राय गीतलाइ कमेडी शैलिमा गाउँछिन् । गीतलाई हाँस्यशैलिमा ढाल्दा कहिले काँही केहि सस्ता शब्द पर्न गएको उनको भनाई छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...