शान्ति समाजले राष्ट्रिय स्वाभिमान, शान्ति, अहिंसाजस्ता विषयलाई मूल मुद्दाका रुपमा लिँदै देशभर जागरण अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा मानवअधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अहिंसा, सद्भाव र स्वाभिमानका पक्षमा थालिएको यो अभियान दिगो शान्तिका लागि नागरिक हस्तक्षेपको कडी भएको बताउनुभयो ।
शान्ति समाजका केन्द्रीय सभापति गङ्गाधर अधिकारीले सो अभियानले नागरिकलाई राष्ट्रिय मुद्दासँग जोड्न सहयोग पुग्ने र मुलुकमा शान्ति स्थापनार्थ नागरिकको योगदानलाई टेवा पु¥याउने विचार राख्नुभयो ।
एकै दिन गोरखा बजार र धादिङको गजुरीमा जागरण अभियान गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिले समेत सहभागिता जनाएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...