-->
मलेसियामा नेपाली ठग्ने दलाललाई दूतावासले मलेसियन पुलिससंग मिलेर लखट्दै !
Advertisement

मलेसियाः मलेसियाको नेपाली राजदूतावास क्षेत्रमा सक्रिय दलाललाई दूतावासले लखेट्न थालेको छ । राजदूत डा निरञ्जन मान सिंह बस्न्यातकै पहलाम दलाल लखेट्ने योजना बनेको हो । राजदूत बस्न्यातले क्वालालम्पुरका प्रहरी प्रमुख दातो अमर सिंह इसार सिंह दलाल खेद्ने विषयमा कुराकानी गरेका छन् । प्रहरी प्रमुख सिंहसँग भेट गरेर राजदूतावास वरिपरि नेपाली ठगी गर्ने दलाललाई कारबाही गर्न समेत राजदूतले माग गरेका छन् ।
बस्न्यातले सिंहसँग शुक्रबार भेट गरेका राजदूतले दलालबाट नेपाली श्रमिक पीडित भएकाले उनीहरुलाई मलेसियन प्रहरीले पक्राउ गर्नुपर्ने बताए । भेटमा सिंहले नेपाली श्रमिकको दुःख पाउनु नहुने भन्दै नेपालीलाई दुःख दिनेलाई पक्राउ गरेर कारबाही गर्ने आश्वासन दिए ।नेपाली दूतावास आसपास भएका दलालले दूतावास पुग्ने नेपाली श्रमीकलाई दुःख दिदै आएका छन् ।
अवैधानिक रुपमा रहेका र घर फर्किन चाहने नेपाली दूतावास आए दुतावास आसपास रहेका दलालले श्रमीकलाई घर पठाइदिने भन्दै पैसा असुल्ने गरेका छन् ।
दलालले नेपाल पठाइदिने नाममा २ हजार ५ सय रिगेटसम्म असुल्दै आएका छन् । दूतावासमा आएका सेवाग्राहीलाइ छिटो काम गरिदिने भन्दै दलालले मोटो रकम असुलेको भन्दै त्यस विरुद्ध राजदूत सक्रिय भएका हुन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.