-->
निर्दयी श्रीमतीले आफ्ना श्रीमानको टाउको चकाना चकाना हुनेगरी खुकुरीले हानिन
Advertisement

पाँचथर
रिसको आवेगलाई थाम्न नसकी श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाईते भएका छन् ।
घाईते हुनेमा जिल्ला पाँचथर ओयाम ४ बस्ने कमल योङया रहेका छन् । निजलाई आज दिनको अन्दाजी १४ः३० बजेको समयमा निजकै श्रीमती बर्ष २७ की फुलमाया काम्बाङ योङयाले सामान्य घरायशी बादबिबादका कारण रिसको आवेगमा आई खुकुरी प्रहार गरेकी थिईन ।
खुकुरी प्रहारबाट कमल योङयाको शरिरको बिभिन्न भागमा गहिरो चोट लागी गम्भिर घाईते भएका हुन् । घाईतेलाई प्रहरी चौकी चरिभञ्याङको प्रहरी टोलीले उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने श्रीमती फुलमाया काम्बाङ योङयालाई प्रहरी चौकी चरिभञ्याङले नियन्त्रणमा लिएको छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.