काठमाडौं, २७ जेठ । मेकअप अर्थात श्रृंगार महिलाहरुलाई आकर्षक र सुन्दर बनाउन गरिन्छ । हिजोआज श्रृंगार बिना कुनै युवती घर बाहिर निक्लिँदैनन् । यसलाई पुष्टि गरेकी छिन् – बलिउड चलचित्र बाहुबलीकी नायिका तमन्ना भाटियाले ।
एक कार्यक्रममा सहभागी भएकी उनले श्रृंगारको महत्व र आवश्यकता बुझेर आफू मेकअप आर्टिस्टसँगै सुत्ने गरेको जानकारी गराइन् । तमन्ना भाटियाको नाम साउथ एण्डिनको टप नायिकाको रुपमा आउने गर्छ । उनी अजय देवगनको ‘हिम्मजवाला’बाट हिन्दी चलचित्रमा प्रवेश गरेकी हुन् भने बाहुबलीबाट चर्चित भएकी हुन् ।
बाहुबलीको आम्दामीले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो । तमन्ना आफ्नो मेकअप आर्टिस्ट बिली माणिकको एकेडेमी आउन अफ द बक्सको उद्घाटन कार्यक्रममा पुगेकी थिइन । यहाँ उनले बताइन् कि – बिली मेरो नजिकको र मिलनसार साथी हो । हामी यति नजिक छौं कि दुवैजना सँगै सुत्ने गर्छौं ।
मेकअप अफ्नो जीवनको महत्वपूर्ण पाटो रहेको भन्दै उनले बिहान उठेदेखि सुत्ने बेला सम्म पटक पटक मेकअप गर्ने गरेको बताइन् ।
उनी बाहुबली–२ मा पनि देखा पर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अनलाइन साझा खबरबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...