
Advertisement
|
असार ८। काठमाडौं : आत्मघाती आक्रमणमा मारिएका र घाइते नेपालीहरु लिनका लागि अफगानिस्तान पुगेको नेपाल वायुसेना निगमको चार्टर गरिएको विमान बुधबार दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ।
विमानमा अफगानिस्तानबाट स्वदेश फर्कन चाहेका २४ जना नेपाली पनि छन्। यतिखेर विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि रहेका छन्।
काबुलबाट स्थानीय समय अनुसार १० बजेर ५१ मिनेट (नेपाली समय अनुसार मध्याह्न १२ बजेर ६ मिनेटमा) उडेको थियो। यसअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एअरबस बिहान करिब ६:३० बजे अफगानिस्तानको राजधानी काबुल अवतरण गरेको थियो। विमान बिहान साढे ११ बजे काठमाडौँ फर्किने सेड्युल भए पनि उताबाट उड्न समय लागेको थियो।
सोमबार काबुलमा भएको आत्मघाती तालिवानी हमलामा परी मृत्यु भएका १२ जना नेपाली र घाइते लिनका लागि विमान बिहान साढे ३ बजे त्यसतर्फ उडेको थियो।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तानसम्म नेपालको सिधा उडान अनुमति नभएकोले भारत, पाकिस्तान र भारतसँग ओभर फ्लाइङ पर्मिसन लिएर त्यसतर्फ उडाइएको हो।
परराष्ट्र मन्त्रालयले चार्टर गरेको विमानमा सेनाबाट तीन जना, प्रहरीका दुई जना, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक-एक प्रतिनिधि थिए।स्रोत: पहिलोपोस्ट


0 comments
प्रतिक्रिया दिनुहोस्...