जेठ २९ |
उदयपुर – उदयपुरको पश्चिमी गाविस ओख्लेमा एक पाँच वर्षीया बालिका बलत्कृत भएकी छिन् ।
सोही गाउँका १८ बर्षिय ज्ञान बहादुर खड्काले बुधबार दिउँसो घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पिडित बालिकाको आफन्तले बताएका छन् ।
घटना २६ गतेको भएपनि भोलिपल्ट मात्र पिडित बालिकाले परिवारलाई सुनाएपछि घटना बाहिर आएको थियो ।
घटना लगतै समाजका मानिसहरु भेला भई पिडकको खोजी गर्दा पिडक फरार रहेकाले नजिकैको प्रहरी चौकीमा गई उजुरी गरेको स्थानीय नेता बाबुराम राईले बताए ।
घटना स्थल तर्फ इलाका प्रहरी कार्यालय कटारीको टोली पठाई सकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ओमबहादुर राना मगरले बताए । फरार आरोपितको खोजी कार्य भइरहेको बताए ।रातो पाटीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...