जेठ २९ – ढाडको समस्यासँग जुधिरहेका लियोनल मेस्सीले अर्जेन्टिनाको जितमा नायक बने । ढाडको समस्याका कारण कोपा अमेरिकाको पहिलो खेलमा मैदान बाहिर रहेका मेस्सी शनिबार बिहान पानामासँगको खेलमा दोस्रो हाफमा मैदान छिरे । मैदान छिरेको २५ मिनेटभित्रमा खेलको मेस्सीले उत्कृष्ट ह्याट्रिक गर्दै टिमलाई ५–० को जित दिलाए । ६२ औं मिनेटमा मैदान छिरेका मेस्सीले ६८, ७८ र ८७ औँ मिनेटमा गरी १९ मिनेटको बिचमा ह्याट्रिक पूरा गरे । पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनालाई मेस्सीले दोस्रो हाफमा शानदार जित तर्फ अग्रसर गराए । ९० औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरेपछि अजेन्टिना ५–० ले विजयी भयो । मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम्म ५३ गोल गरेका छन् ।उज्यालोअनलाइनबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...