९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।
भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद चल्न नदिने निर्णय गरेको हो । संसदको बिहीबार बसेको बैठकमा कांग्रेस नेता प्रकाशशरण महतले बोले ।
भूकम्प प्रभावितको राहत वितरण प्रभावकारी नभएको र पुनर्निर्माण पनि अघि बढ्न नसकेको बताए । आफूहरुले संसदमा आवाज उठाएको नौ दिन भएको र सभामुखले रुलिङ गरेको तीन दिन हुँदा पनि सरकारबाट जवाफ नआएको भन्दै उनले संसद चल्न नदिने बताए ।
२०७३ असार ९ गते ११:२९ मा प्रकाशित
# नेपाली कांग्रेस # संसद


0 comments
प्रतिक्रिया दिनुहोस्...