-->
ठगी गर्ने मेनपावर सरकारको निगरानीमा छ: श्रममन्त्री
Advertisement


४ असार, बुटवल । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको दाबी गरेका छन् ।
सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताए ।
रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र १० हजार भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिए ।
उनले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताए । साथै बैदेशिक रोजगारमा गएर मृत्यु भएका परिवारलाई १० लाख र अपाङ्ग भएका व्यक्तिलाई पाँच लाख सरकारले दिने र यो रकम पीडितले आ–आफ्नो जिल्लाबाट पाउने बताए ।
मन्त्रालयका सहसचिव गोविन्द भुर्तेलले नेपालको अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिने वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन ऐन र निर्देशिका संशोधन गरेर कार्यान्वयन हुने चरणमा रहेको बताए । गोष्ठीमा १८ जिल्लाका प्रतिनिधि सहभागी छन् ।
२०७३ असार ४ गते १५:११ मा प्रकाशित
# वैदेशिक रोजगारी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.