-->
थुक्क मेरो जात ! जोवन चल्ने, भोजन नचल्ने
Advertisement

हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको
?” लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ| झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ| मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन| फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ| त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन|
अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन| तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु| गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ| तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो| अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त|” मैले केहि प्रतिकृया जनाइन| साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे| त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो| पाँच मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए| मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो”, “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो| मेरा तस्वीरहरूमा “आहा! कति राम्री ???? ”, “वाउ लुकिंग सेक्सी ???? ”, “स्स्सो हट J”जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो|
फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी?”, यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके| मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन्? कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन्| गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन| धेरैबर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो| यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे|


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.