-->
यी अभिनेत्री परिन् प्रहरीकाे फन्दामा -
Advertisement

४ आषाढ, कुनै समय बलिउडमा चर्चाको शिखरमा रहेकी अभिनेत्री ममता कुलकर्नीलाई लागुपदार्थ ओसारपोसार गरेको आरोप लागेको छ ।
यसै मुद्धामा ममताका पति बिक्की गोसस्वामी समेत प्रहरी हिरासतमा यस अघिनै धेरै पटक प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय भारतीय प्रहरीले जुटाएको प्रमाणका आधारमा उनलाई पक्राउ गर्न लागिएको बताइएको छ ।
थाने प्रहरीले दिएको जानकारी अनुसार ममतालाई पक्रन इन्टरपोललाई रेड कर्नर नोटिस समेत निकाल्न आग्रह गरेको छ ।
ममताको बैंकमा रहेको पैसा तथा उनका अन्य सम्पत्तिहरुबारे प्रहरीले अनुसन्धान गर्ने बताएको छ । सन् २०१३ मा बिक्कीलाई प्रहरीले दुबईबाट पक्राउ गरेको थियो तर पक्राउ लगत्तै छाडिदिएको पनि थियो ।नेपालीपत्र डटकमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.