रोल्पा, २४ जेठ । नेकपा एमाले भातृ संगठन अखिल नेपाल महिला संघ रोल्पाको संयोजनमा संयुक्त महिला संघ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापन पत्र बुझाएको छ ।
अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल, अखिल नेपाल महिला संघको संयुक्त आयोजनामा महिला हिंसा रोक्न माग गर्दै ज्ञापन पत्र बुझाईएको हो ।
पछिल्लो समय देशमा बिभिन्न महिला हिंसासंग सम्बन्धित घटनाहरु दिन प्रति दिन घट्दै गईरहेको र प्रमुख जिल्ला अधिकारीबाट गम्भिरतापूर्बक यस्ता घटनाहरुको सुरक्षा ब्यबस्था मिलाउन, घटनाको छानबिन गरी अपराधिलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको ब्यबस्था गर्न माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ– महिला, किशोरी र बालिका बलात्कार र हत्याको कुरा होस अथवा भर्खरै नवलपरासीमा राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीकी बहिनी मनिषा घर्तीको रहस्यमय तरिकाले गरिएको घटना, दाईजो कम ल्याएको कारण गरिएका हत्या, दाङको धनौरीमा दिब्या चौधरीलाई बोक्सीको आरोपमा परणासन्न हुनेगरी कुटपिट गरेको लगायत अन्य घटनाहरु तथा रोल्पा जिल्लाको सन्दर्भमा पनि महिला तथा घरेलु हिसांका घटनाहरु दिनाहु दिन बढिरहेका छन् । सयुक्त महिला संघ संघर्ष समिति यस्ता घटनाहरु प्रति खेद ब्यक्त गर्दै घटनाको भत्सर्ना गर्दछ र रोकथाम तथा दोषीलाई कारवाही गर्न माग गर्दछ ।’
अखिल नेपाल महिला संघ रोल्पाकी अध्यक्ष ईश्वरी घर्तीमगरले ज्ञापन पत्र पढेर प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई बुझाउनु भएको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले यस्ता घटनाहरुप्रति आफु सम्बेदनशिल रहेको भन्दै ज्ञापनपत्रमा पुर्ण प्रतिबद्धता जनाए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...