नियम पनि कति अनौठा ? भारतको मध्य प्रदेशको राजगढमा घरमा चर्पी हुनेलाई मात्र बन्दुकको लाइसेन्स दिने नियम बनाइएको छ ।
मध्यप्रदेशमा यस्ता धेरै ठाउँ छन् जहाँ घरमा बन्दुक राख्नु प्रतिष्ठाको विषय हुन्छ । त्यसैले बन्दुक राख्नका लागि प्रशासनमा वर्षेनी सयौँ निवेदन पर्दछन् । राजगढमा पनि एउटा वर्गले बन्दुक राख्नुलाई प्रतिष्ठाको विषय बनाउँदछन् । उक्त जिल्लामा हरेक वर्ष ७ सय जतिले बन्दुकको लाइसेन्सका लागि निवेदन हाल्दछन् । अहिले त्यहाँ साढे ७ हजार सँग बन्दुकको लाइसेन्स छ ।
तर अब चाहीँ राजगढबासीले बन्दुकको लाइसेन्सका लागि निवेदन दिँदा निवेदनको साथमा घरमा चर्पी भएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ । त्यसपछि कागजात अनुसारको घरमा चर्पी भए नभएको कुरामा प्रत्यक्ष रुपमै कबोलनामा गराएर सोही अनुसार बन्दुकको लाइसेन्स दिने प्रक्रिया सुरु गरिन्छ ।
स्वच्छ भारत अभियानलाई सफल पार्नका लागि उक्त जिल्लाका विभिन्न गाउँहरुलाई खुला दिसामुक्त बनाउन विभिन्न उपाय अपनाउने गरिएको छ । त्यहाँ धनी तथा सम्पन्नशाली परिवारमा पनि घरमा शौचालय नभएका प्रसस्तै उदाहरण छन् । केही समय पहिले सिहोर जिल्लामा एउटा घटना सार्वजनिक भएको थियो ।
जहाँ एकजना किसान आफ्नी बुहारीलाई लिनका लागि हेलिकप्टरमा चढेर गएका थिए तर हेलिकप्टर चढ्ने हैसियत भएका ती किसानको घरमा चाहीँ शौचालय थिएन । प्रशासनको पहलमा पछि ती किसानले घरमा शौचालय बनाएका थिए ।
२०७३ जेठ २८ गते ८:५५ मा प्रकाशित
# बन्दुक # शाैचालय


0 comments
प्रतिक्रिया दिनुहोस्...