
Advertisement
|
अण्डा खानाले स्तन क्यान्सर लगायतका अरु रोगहरुले समेत आक्रमण गर्न सक्तैन ।
अण्डामा पोषणको मात्रा प्रसस्त पाइन्छ भन्ने कुरा नयाँ तथा नौलो होइन । तर अण्डा सेवन गर्नाले के के फाइदा हुन्छ भन्ने जिज्ञासा समाधानका लागि आज डिसीनेपाल तपाईंहरुलाई जानकारी गराउँदै छ ।
आफ्नो स्वास्थलाई बलियो तथा सदाबहार बनाउन चाहनु हुन्छ भने प्रसस्त मात्रामा अण्डा सेवन गर्ने गर्नुहोस् । अण्डा भित्र रहेको पहेंलो भागमा आइरन तथा क्यालसियमको मात्रा ९० प्रतिशत हुन्छ र सेता भागमा भने प्रोटिनको मात्रा लुकेको हुन्छ । यदि तपाईलाई अण्डा मनपर्दैन अथव अण्डा खाने गर्नुभएको छैन भने आज हामी तपाईहरुलाई अण्डा खान किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउँदै छौ ।
१. अण्डामा भिटामीनको मात्रा प्रसस्त हुन्छ
एउटा सानो अण्डामा तपाईलाई आवश्यक पर्ने अनेकौ भिटामीनहरु लुकेको हुन्छ:
- भिटामीन बी २, जसले खानालाई पचाएर शक्तिमा परिनत गर्छ ।
- भिटामीन बी १२, जुन रेड ब्लड सेलहरु निर्माण गर्न आवश्यक पर्छ ।
- भिटामीन ए, जुन आँखाको ज्योतीलाई बलियो बनाई राख्न आवश्यक छ ।
- भिटामीन ई, जसले क्यान्सरका तन्तुहरुलाई निस्क्रिय बनाउँन मद्धत पुर्याउँछ ।
- भिटामीन ए र बी २ बच्चाको उचाई बढाउन पनि आवश्यक छ । तसर्थ आफ्नो नानीहरुलाई प्रसस्त मात्रामा अण्डा खुवाउने गर्नुहोस् ।
२. शरीरको तौल घटाउन मद्धत पुर्याउँछ
अण्डा खानाले शरीरको तौल घटाउन सकिन्छ भन्ने कुराको जानकारी तपाईमा थियोरु अण्डा स्वास्थका लागि ठीक छैन वा अण्डा सेवन गर्नाले शरीरको तौल बढ्छ भन्ने सोच राख्नेहरुका लागि आजको जानकारी अनौठो हुन सक्छ । तर रोचेस्टर सेन्टर फर ओवेसीटी चिसर्चले गरेको अध्यन तथा अनुसन्धान अनुसार बिहानको खाजामा अण्डा खानाले क्यालोरीको मात्रा दिनभरिनै नियन्त्रणमा रहन्छ । अनी अध्ययनले के पनि देखाएको छ भने तपाईले आफ्नो शरीरको तौल महिनामा करिव तीन वा त्यो भन्दा बढी पाउण्ड घटाउन सक्नुहुन्छ ।
यसको कारण के हो भने अण्डा खानाले तपाईलाई लामो समय सम्म भोक लाग्दैन अनि दिउँसोको खाजा पनि थोरै खाए पुग्छ । हुनत अण्डामा कोलस्ट्रोलको मात्रा पनि हुन्छ तर यो कोलोस्ट्रोल पौस्टीक हुन्छ किनकि यो ब्लड कोलस्ट्रोल भन्दा फरक हुन्छ । अण्डा सेवन गर्नाले रगतको कोलस्ट्रोल बढ्छ भन्ने विषयमा अहिले सम्म त्यस्तो उदाहरण पत्तो लागि सकेको छैन ।
३. यसमा आवश्यक मिनरलहरु पाइन्छ
अण्डामा मिनरल, आइरन, जिङ्क र फासफोरसको मात्रा लुकेको हुन्छ । अनि मिनरलहरु शरीरका लागि अति आवश्यक छ । महिनाबारी हुने भएकोले महिलाहरुका लागि आइरन अझै आवश्यक छ किनकि आइरनको अभावमा महिलाहरुमा थकान, रिस तथा अल्छी लाग्ने गर्छ । जिंकले शरीरको इम्युन सिस्टमलाई बलियो बनाउछ जसका कारण शरीले प्राप्त गरेको खानालाई यसले शक्तिमा परिनत गर्न मद्धत पुर्याउँछ । फासफोरस हड्डी तथा दाँतलाई स्वस्थकर बनाउन अति आवश्यक छ । र, यसका साथै अण्डामा थाइराइड हरमोनहरु बनाउन आवश्यक पर्ने आयोडीन र क्यान्सर बिरुद्ध लड्न सक्ने विषादीनाशक सेलिनीयम पनि लुकेको हुन्छ।
४. यसमा लो क्यालारी प्रोटिन हुन्छ
एउटा मध्यम खालको अण्डामा ७० देखि ८५ प्रतिशत क्यालोरि र ६।५ ग्राम प्रोटिन उपलब्ध हुन्छ । यसको अर्थ तीन वटा अण्डामा २१० देखि २५५ क्यालोरी र १९।५ ग्राम प्रोटिन पाउन सकिन्छ । अनि औशत एक जना महिलालाई दैनिक करिव ५० ग्राम प्रोटिन आवश्यक पर्छ । अनि वास्तविक प्रोटिनको मात्रा तपाईको तौल तथा दैनिक क्रियाकलापमा भर पर्छ ।
दुई वटा अण्डाको अमलेट वा टोस्टले तपाईलाई लामो समय सम्म टन्न राख्छ ।
५. स्तन क्यान्सर लाग्न दिदैन
हारवर्ड यूनिभर्सिटीले सन २००३ मा गरेको एक अध्ययन अनुसार युवती तथा महिलाले दैनिक रुपमा अण्डा खाने गर्नाले ब्रेस्ट तथा स्तन क्यान्सर लाग्दैन । सन २००५ मा एक अर्को अध्ययन पनि गरिएको थियो । जसअनुसार हप्तामा कमसेकम ६ वटा अण्डा खाने महिलाहरुमा स्तन क्यान्सर करिव ४४ प्रतिशत न्यून रहेको पत्तो लगाइएको थियो । जवकि हप्तामा २ वा त्यो भन्दा थोरै अण्डा खाने महिलाहरुमा स्तनको क्यान्सर हुने संभावना बढी देखिएको थिायो ।
सन २००८ मा यूनिभर्सिटी अफ नोर्थ क्यारोलिनाका अनुसन्धानकर्ताहरुले अण्डाको पहेंलो भागमा आबद्ध कोलिन भन्ने गुणले स्तन क्यान्सरको संभावना करिव २४ प्रतिशतले कम हुने देखाएको छ । एउटा अण्डामो पहेंलो भागमा १२५।५ मिलिग्राम कोलिन पाइन्छ जुन एक दिनका लागि आवश्यक कोलिनको एक चौथाई हो । अनि बिहानको खाजामा अण्डाको दुई पोच खानुहोस् जसले तपाईलाई आवश्यक पर्ने कोलिनको आधा मात्रा पुरा गर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...