-->
१० माओवादी एक भएपछि प्रचण्डले भने- माओवादीको विजयी यात्रा सुरू भयो
Advertisement

जेठ ६
एकीकृत माओवादी सहित १० माओवादी घटकहरुबीचको एकता भएको छ।
बिहीबार राजधानीमा गरिएको एक विशेष कार्यक्रमबीच पार्टी एकता हुँदै पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिएको छ।
कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले १० माओवादी घटकबीचको एकतापछि नयाँ पार्टी निर्माण भएको बताए।
नयाँ पार्टी भनिएको केन्द्रको अध्यक्षमा दाहाल नै छन्।
एकता पछिको सभामा बोल्दै अध्यक्ष दाहालले भने,‘यो माओवादीबीचको एकता मात्र होइन, नयाँ खालको राष्ट्रिय एकता पनि हो,’ उनले भने, ‘माओवादीका पराजयका दिन सकियो । विजयको दिन सुरु भएको छ ।’
‘गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका परिवर्तनका एजेण्डाहरु पराजय हुने दिन सकिए । माओवादीहरुलाई कमजोर पार्न, अपमानित गर्ने प्रवृत्तिको पराजयको दिन सुरु भयो । जनताको विजयको दिन सुरु भयो,’ दाहालले अगाडि भने।उनले सबै उत्पीडित र शोषीत वर्गबीचको नयाँ एकताले पार्टीले उचाइ लिने बताए।
उनले कार्यक्रममा मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पनि एकतामा आउन आग्रह गरेका छन्।
कार्यक्रममा एकता प्रक्रियामा सक्रिय सहभागी रहेका अर्का माओवादी नेता रामबहादुर थापा बादलले एकतापछि नयाँ पार्टीको निर्माण भएको बताए। मातृका यादव नेतृत्वको नेकपा-माओवादी), मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी देखि बाबुराम भट्टराईको नयाँ शक्ति नेपालबाट समेत केही नेताहरु एकीकरणमा आएका छन् ।- सेतो पाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.