शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको छापावाल सुन शुक्रवार ६ सयले घटेर ५४ हजार ४ सय रुपैयाँ कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार तेजावी सुनप्रतितोला ५४ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको छ । पछिल्लो समय डलरको भाउमा आएको उत्तारचढावका कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार चाँदीमा पनि सामन्य कमी आएको छ । शुक्रवार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ सय ७० रुपैयाँ भएको छ । बिहिबार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...