-->
उत्तर कोरियाले सार्वभौमसत्तामा खतरा नभए परमाणु हतियार प्रयोग नगर्ने
Advertisement

उत्तर कोरियाले आफ्नो देशको सार्वभौमसत्तामा खतरा नभए परमाणु हतियारको प्रयोग नगर्ने जनाएको छ । सार्वभौमसत्तामा खतरा भएकोले मात्रै परमाणु हतियार प्रयोग गर्नु परेको कोरियाले स्पष्ट पारेको हो ।
नेता किम जोङ उनले आफ्नो देशले सार्वभौमसत्ताको रक्षाका लागि मात्रै परमाणु हतियार बनाउने र प्रयोग गर्ने गरेको बताएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको हो । उत्तर कोरियाले सन् २००६ मा एक अन्तराष्ट्रिय सम्झौताबाट पछि हट्दै पहिलो परमाणु परीक्षण गरेको थियो ।
त्यसपछि उत्तर कोरियाले अमेरिका तथा दक्षिण कोरियामा परमाणु आक्रमण गर्ने चेतावनी बारम्बार दिने गरेको छ । राजधानी प्योङयाङमा भएको वर्कर्स पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै नेता उनले परमाणु हतियारको प्रयोग सार्वभौमसत्ता रक्षाका लागि मात्रै भएको बताएका हुन् ।
तर, नेता उनले तनावपूर्ण सम्बन्ध रहेका देशसँगको सम्बन्ध सामान्य बनाउन चाहेको बताएको पनि उल्लेख छ । दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि भरोसा र आपसी सहकार्यमा दुई देशबीच कुराकानी हुनुपर्नेमा नेता उनले जोड दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सहमतीमा उत्तर कोरिया विश्वलाई परमाणु हतियारमुक्त बनाउन पनि तयार रहेको नेता उनले बताएको उल्लेख छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पाटीले ३६ वर्षमा पहिलो पटक महाधिवेशन गरेको छ । पछिल्लो पटक सन् १९८० मा पार्टीको कांग्रेस भएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.