काबुल, अफगान सुरक्षाबलले तालिवान आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा १७ जना तालिवान लडाकू मारिएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ ।
अफगानिस्तानका विभिन्न क्षेत्रमा गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिनुको साथै थप ११ जना पक्राउ परेका जनाइएको छ ।
अफगानिस्तानको गृहमन्त्रालद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो जानकारीका क्रममा उक्त मन्त्रालयले अफगान सुरक्षा बलले पछिल्लो समयमा तालिवान विरुद्धको कारबाही जारी राखेको र यसका क्रममा ठूलो उपलब्धि पनि भएको जनाएको छ ।
मन्त्रालयले यस कारबाहीको क्रममा कैयौँ हातहतियार कब्जा गर्नुको साथै विभिन्न स्गानमा सर्वसाधारणलाई लक्षयगरी राखिएका बम र बारुदी सुरुङ्ग पनि निष्क्रिय पारिएको पनि जनाएको छ ।
उता तालिवानहरुले भने बुधबारै आफ्नो संगठनको नयाँ नेता चयन गरेका छन् । उनीहरुको नेता मुल्लाह अख्तर मारिएपछि बुधबार बसेको काउन्सिलले नयाँ नेता चयन गरेको जनाएको हो । रासस÷एपी


0 comments
प्रतिक्रिया दिनुहोस्...