काठमाडौं, २६ वैशाख । भारत सरकारले ओली माथि गम्भीर आरोपहरू लगाएको खुलासा भएको छ । भारतको द हिन्दु पत्रिकाले भारतीय सरकारको उच्च सुत्रले भनेको भन्दै त्यस्ता आरोप प्रकाशित गरेको छ ।
भारतीय सरकारको उच्च श्रोतले भनेको छ ‘मिस्टर ओलीले संविधान संशोधन गर्ने प्रतिवद्दता पूरा गरेनन्, जब सम्म मधेशी लगाएत सबै जनतालार्इ समान अधिकार दिर्इंन्न तब सम्म नेपालको आन्तरिक राजनैतिक अवस्थामा स्थिरता आउने छैन ।’
सो पत्रिकाले ओलीले भारत समक्ष कुन वेला संविधान संशोधन गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए भन्ने विषयमा केही खुलाएको छैन । पत्रिकामा केपी ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालको भनाइ भनेर केही कुराहरु समेत सापेका छ ।
जसमा गत साता मात्रै तीन पटक हामीले काठमाडौं स्थित भारतीय राजदूत रंजित रायलार्इ नेपाल सरकार पल्टाउन हाम्रा विपक्षीहरूवाट खोजिएको राजनैतिक दुस्साहासी कदमलार्इ समर्थन गर्न रोक्न खवर गरेका थियौं । यसको अर्थ आफ्नो सरकार टिकाउन ओलीले भारतीय राजदूत गुहारेको हुन सक्ने सम्भावना वारे आएका समाचारमा केही सत्यता हुन सक्दछ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...