-->
रेखासहित धुर्मुस र सुन्तलीलाई जनसेवाश्री पदक, तक्मे बुढालाई पनि ‘तक्मा’- थप जानकारी का लागि यहाँ क्लिक गर्नुस्:
Advertisement

जेठ १५
काठमाडौं । नायिका रेखा थापासहित कलाकार सितारम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले प्रवल जनसेवाश्री पदक पाउने भएका छन् । सरकारले विल्सन विक्रम राई (तक्मे बुढा)लाई पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्रीको ‘तक्मा’ दिने भएको छ ।
निर्देशक दयारम दाहाललाई पनि यही पदक दिईँदैछ । सरकारले विभिन्न कलाकार र सिने क्षेत्रका व्यक्तित्वहरुलाई पदकबाट विभुषित गर्ने घोषणा गरेको हाे ।
हिरो चलचित्रबाट झण्डै डेढ दशक अघि चलचित्र क्षेत्रमा प्रवेश गरीकी नायिका थापा नारी प्रधान चलचित्र बनाउन र त्यसका अभिनय गर्न बढी सक्रिय छिन् । उनले कला क्षेत्रमा दिएको योगदानर चलचित्रमार्फत नागरिकको चेतनाको स्तर उठाउन खेलेको भूमिकको समान गर्दै जनसेवाश्री पदक दिने घोष्णा भएको हो ।
यसैगरी हास्यकलाकर धुर्मुस सुन्तली कलाका माध्यमबाट जनचेतना फैलाउन क्रियाशिल छन् । उनीहहरु सरकारको सरसफाइ दूतका रुपमा पनि सक्रिय छन् । भूकम्पपछि पुनर्निर्माणमा लागेका उनीहरुले एउटा नमुना एकीकृत वस्ती बनाएर पीडितलाई हस्तान्तरण गरिसकेका छन् । उनीहरु अहिले काभ्रेको गिरान्चौरमा अर्को वस्तीका लागि काम गरिरहेका छन् । त्यसको कदर गर्दै सरकारले उनीहरुलाई यो पदककाट विभुषित गर्न लागेको हो ।
निर्देशक दाहाल र कलाकार राईले पनि कला क्षेत्रमा ठूलो योगदान दिएको सरकारको ठहर छ ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.