-->
बन्दुकधारीद्वारा आठ इजिप्टेली प्रहरीको हत्या
Advertisement

कायरो -कायरोको दक्षिणी भागमा पर्ने हेल्वान जिल्लामा सादा पोशाकमा रहेका आठ प्रहरीको बन्दुकधारीहरुले गोली प्रहारगरी हत्या गरेका छन् । इजिप्टको गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।
एक मिनीभ्यानमा यात्रा गरिरेहेका ती प्रहरीहरुमाथी आक्रमण भएको बताइएको छ । स्वचालित राइफलबाट गोली प्रहार गरिएको सो मन्त्रालयले जानकारी दिएको छ ।
सिनाई प्रायद्वीप र कायरोभरी इस्लामिक स्टेट समूहसहित जिहादीहरुले गरेको आक्रमणमा सयौं प्रहरी र सैनिक हत्या भईसेकेको छ ।
इस्लामिक राष्ट्रपति मोहमेद मोर्सीलाई सन् २०१३ मा सैनिक ‘कु’ गरी हटाइएपछि प्रहरी र सैनिकमाथिको आक्रमणहरु बढेको बताइन्छ ।
गत अक्टोबर पनि दक्षिणी सिनाइस्थित एक रसियाली एयरलाइन्समा गरेको आक्रमणमा सो एयरलाइन्समा रहेका २२४ व्यक्तिहरु नै मारिएका थिए । उक्त आक्रमणको पनि इस्लामिक स्टेट समूहले जिम्मा लिएको थियो । रासस ÷एएफपी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.