-->
यौन पीडा सहन नसकेपछि छोरीले ‘वीर्य लागेको कट्टु’ लगेर उजुरी दिइन
Advertisement

जयपुर, छिमेकी मुलुक भारतको राजस्थान राज्यको डूंगरपुर जिल्लाको धंबोला थानामा एक किशोरीले आफ्ना पिताले आफूलाई पटक पटक यौन शोषण गरेको मुद्दा दर्ता गराएकी छिन् ।थानाका प्रहरी प्रमुख गजेन्द्र सिंह रावले कक्षा ११ मा अध्ययनरत बालिकाले आफ्ना बाबु ४० वर्षीय हरिश मीणाले पछिल्लो तीन महिनादेखि पटक पटक यौन शोषण गर्दै आएको मुद्दा दर्ता गराएको जानकारी दिए ।
प्रमाण स्वरुप ती किशोरीले वीर्य लागेको आफ्नो र पिताको कट्टुका साथै अन्य विभिन्न प्रमाण पनि प्रहरीमा बुझाएको रावले बताए ।छोरीलाई यौन शोषण गरेका विषयमा प्रहरीले अनसन्धान सुरू गरेको जनाएको छ ।पीडित किशोरीको बुधबार मेडिल गरिएको समाचारमा उल्लेख छ । बालिकाका पीता प्रहरीमा उजुरी पर्नेवित्तिकै फरार भएका छन् । उनको खोजतलास सुरू गरिएको छ ।
आरोपी पीता अहमदाबादस्थित एक निजी प्रतिष्ठानमा कार्यरत छन् । उनले अत्याधिक रक्सी पिउने गरेको ती युवतीले उजुरीमा लेखेकी छिन् ।छुट्टीमा घर आएका बेला छोरीलाई पटक पटक यौन शोषण गर्ने गरेको जनाइएको छ । पीडितकी आमा माइत गएका बेला सो घटना भएको उल्लेख छ । – अनलाइन समाचार


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.