वैशाख २५ – क्रिकेट खेलको क्रममा चम्किने स्टम्पले प्राय गरी क्रिकेट प्रेमीलाई रोमाञ्चक बनाउँछ । खेलको क्रममा स्टम्प माथिको रातो चम्किलो प्रकाशमा धेरै दर्शकको ध्यान गएको हुन्छ । परम्परागत रुपमा क्रिकेटको स्टम्प र त्यसको बेल्स काठबाट बनाइन्छ । तर अहिले चम्किने विकेटमा प्लाष्टिक पनि मिसाइएको हुन्छ, जसमा लेड लाइट जोडिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् २०१३ को जुलाइमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा चमकदार विकेट प्रयोग गर्ने अनुमति दिएको थियो ।
त्यसपछि धेरै घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा यस प्रकारको विकेट प्रयोग हुने गरेको छ । यस्तो विकेट एक दिवसीय क्रिकेटको रोमाञ्चकता बढाउँछ । तर यो प्रयोग गर्नुको ठूलो व्यवहारिक कारण पनि छ ।
क्रिकेटको नियम अनुसार कोही पनि ब्याट्सम्यान आफ्नो त्रिजभन्दा बाहिर रहे र स्टम्प झ¥यो भने आउट हुन्छन् । यसमा विकेट जानुको मतलव, बेल्स वा गिल्ली झर्नु वा भत्किनु हो । ब्याट्सम्यान आउट हुनका लागि बेल्सको दुवै तर्फको भाग विकेटबाट अलग हुनु पर्छ । तर रेफ्रीलाई बेल्स अलग भएको वास्तिविक समय थाहा पाउन मुश्किल हुन्छ ।
अब भने यो मुश्किल रहने छैन । जिंक विकेट सिस्टमको नयाँ उपकरणले गर्दा यो काम सजिलो भएको छ । यसमा बेल्स र विकेटबिच जुन बेला सम्पर्क विच्छेद हुन्छ, त्यही बेला बेल्स चम्किन्छ । यो सिस्टम अस्ट्रेलियाका एक पूर्व क्रिकेटर ब्रोन्ट एकरम्यानले तयार पारेका हुन् । उनलाई यसको प्रेरण भने छोरीको खेलौनाबाट मिलेको हो । त्यो खेलौना झण्डै क्रिकेट बलकै आकारको थियो, त्यसमा एलइडी लाइट जडान भएको थियो ।
यो प्रविधि अनुसार क्रिकेटको बेल्समा कम भोल्टेजको ब्याट्री जडान गरिन्छ र प्रत्येक गिल्लीमा माइक्रोप्रोसेसर रहेको हुन्छ । यही माइक्रोप्रोसेसरले विकेट र बेल्सबिच सम्पर्क विच्छेद भएको समय पत्ता लगाउँछ ।
यस सिस्टममा बेल्समा एक सेकेण्डमा हजारौं भागमा प्रकाश देखिन्छ । एकरक्यान भन्छन् ‘पानी परोस्, झड्का लागोस वा कम्पन होस् बेल्समा प्रकाश आउँदैन । बेल्समा प्रकाश त्यो बेला मात्रै आउँछ, जुन बेला यसको दुवै तर्फको भाग विकेटबाट छुट्टिन्छ ।’
यसरी सम्पर्क विच्छेद भएपछि माइक्रोप्रोसेसरले विकेटमा रेडियो सिग्नल जान्छ र विकेटमा प्रकाश देखिन्छ । यो सिस्टम भन्दा अघि धेरै ब्याट्सम्यान आउट नभएको अवस्थामा पनि आउट भएका थिए वा कोही ब्याट्सम्यान आउट भएपनि जीवनदान पाएका थिए । तर अब भने यस्तो हुँदैन । यो आधुनिक प्रविधिको विकासमा हजारौं अस्ट्रेलियन डलर खर्च भएको छ । यसले काठको कमजोर विकेटलाई बेल्सलाई एक महंगो उपकरणमा बलियो ।
– स्रोत : उज्यालोअनलाइन


0 comments
प्रतिक्रिया दिनुहोस्...