-->
यौन खेलौनालाई महिलाको लास भनेर पुलिस झुक्किएपछि….
Advertisement

कसैले हत्या गरेर लास फ्याँकेको भन्दै अनुसन्धानमा जुटिसकेको प्रहरी टोली अन्ततः लाजमर्दो अवस्थामा पुग्नुपर्यो । हत्याको घटनाको छानविन गर्न भन्दै कस्सिएको पुलिस त्यतिबेला फिस्स भयो जब लास भनिएको त्यो चिज कुनै मान्छेको लास नभएर यौन खेलौना थियो ।यो दक्षिण कोरियाको घटना हो । राजधानी सिओल नजिकैको जियोंगी प्रान्तमा स्थानीय प्रत्यक्षदर्शीले सार्वजनिक स्थानमा कोही मानिसको शव रहेको भनेर पुलिसलाई खबर गरे । कसैले मारेर शव फ्यालेको हुनसक्ने आशंकामा उक्त घटनाको अनुसन्धान गर्न झण्डै ५० जना प्रहरी अधिकारीहरु घटनास्थलमा आए ।
टाढाबाट हेर्दा पानीको कुलो नजिकै एक जना महिलाको शव लडिरहेको जस्तो देखिन्थ्यो । कसले मारेर महिलालाई फ्याँक्यो होला भन्ने कुराले सबैमा डर बढिरहेको थियो । तर त्यो डर तब लाजमा परिणत भयो जब प्रहरीहरु उक्त वस्तु नजिकै गएर त्यसलाई ओल्ट्याइपल्ट्याइ गर्दा पो त्यो लास नभएर फुलाउन सकिने यौन खेलौना रहेको तथ्य खुलासा भयो ।उक्त सेक्स डलको जिउ समेत मानिसकै छालाको रंगको रहेको र छुँदापनि सुरुमा मानिसकै छाला छोएजस्तै हुनाले सुरुमा त मानिसै पो हो की भन्ने पनि लाग्यो ।समाचार अनुसार यस्ता उच्चस्तरीय यौन खेलौनाहरु जापानबाट आयात गरी दक्षिण कोरियाका एडल्ट स्टोर तथा वेश्यालयहरुमा समेत बेचिन्छ ।
( अनलाइन समाचारबाट)


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.