नायक आर्यन अधिकारी फिल्म के म तिम्रो होइन र मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रबेश गर्दै छन ।ब्लक बस्टर फिल्म कोहीनुरको हिट गित बाट टाइटल जुराइएको फिल्म के म तिम्रो होइनर फिल्म संगै फिल्मका नायक आर्यन अधिकारीको पनि अहीले चर्चा भइरहेको छ ।उनको अभिनय कौशल त बैशाख ३१ गते हलमा हेरेपछि मात्र थाहा हुनेछ तर उनले फिल्मको लागि गरेको मेहनतको उनको शारीर लाइ हेरेर पनि आकलन गर्न सकीन्छ ।आफ्नै काका निर्देशक आकाश अधिकारी र निर्माता दाजु सुरेश अधिकारी भएकोले फिल्ममा छनौटमा पर्नु भएको हो कि भन्ने जिज्ञासामा उनि सक्षम भएर नै उहाँ हरुको रोजाइमा परेको बताउद छन ।न्युज ट्वान्टी फोर टेलिभिजनको ६ प्रस्नमा कुरा गर्दै उनले नाता बाद कृपा बाद भन्दा पनि आफु सक्षम भएकै कारण नायकको लागि छनौट भएको र पहिलो सट दिनको लागि घन्टौ कुर्नु परेको बताए ।
नायक आर्यन संगै नायिका मरीस्का पोखरेल पनि फिल्म के म तिम्रो होइनर बाट फिल्म इन्डष्ट्रीमा प्रबेश गर्दै छिन ।फिल्म यही बैशाख ३१ देखी प्रदर्शनमा आउदै छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...