-->
केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ५ फोटो
Advertisement

काठमाडौँ : अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट काठमाडौँका लागि छुटेको रेलको सामान नेपाली सीमा केरुङ आइपुगेको छ।
‘लान झाउ- काठमाडौँ रेल’ लेखेर दैनिक आवश्यकता र घरायासी उपकरणहरुसहितको ८६ कार्गो कन्टेनरसहितको रेल २ हजार ४ सय ३१ किलोमिटरको यात्रा गर्दै सिगात्सेसम्म पुगेको थियो। सिगात्सेबाट चिनियाँ मालवाहक ट्रकहरु हुँदै ५६४ किलोमिटर सडक यात्रा गर्दै नेपाल-चीन सीमा केरुङ पुगेको सामान लिन नेपाली ट्रक पुगिसकेको छ। केरुङबाट काठमाडौँसम्मको सडक यात्राको दूरी भने १६० किलोमिटर रहेको छ।
सिन्ह्वाले बुधबार राखेका फोटोहरुमा कन्टेनरहरु चिनियाँ ट्रकबाट निकालिएको र त्यसलाई लिन नेपाली ट्रक पुगेको देखाइएको छ।
हेर्नुस् सिन्ह्वाका फोटो-


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.