काठमाडौं, ७ जेठ । विश्वकै शक्तिशाली राष्ट्र चीनले राखेको एउटा शर्त भारतले अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार चीनले संयुक्त राष्ट्रसंघको परमाणु हतियार आपूर्तिकर्ता समूह (एनएसजी)को सदस्यता लिन परमाणु अप्रसार सन्धि (एनपीटी)मा हस्ताक्षर गर्नुपर्ने भनेर राखेको शर्तलाई भारतले अस्वीकार गरेको हो ।
उल्टै भारतले फ्रान्सलाई बीचमा ल्याएर चीनलाई नै कडा जवाफ फर्काएको छ । उसले यो संगठनमा फ्रान्सलाई कुनै हस्ताक्षर नगरी समावेश गराइएको भन्दै भारतले पनि सिधै सदस्यता पाउनुपर्ने आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ ।
यसअघि एनएसजीको सदस्य बन्न भारतले राष्ट्रसंघमा दाबी गरेको थियो । तर, चीनले एनपीटीको सदस्य नभएका देशलाई एनएसजीको सदस्यता दिन नसकिने आफ्नो स्पष्ट धारणा राखेको थियो भने भारतले सदस्यता लिन चाहे पहिला एनपीटीको सदस्य बन्नुपर्ने तर्क गरेको थियो ।
शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले चीनले राखेको शर्त भारतलाई स्वीकार्य नभएको बताए । उनले भने- ‘चीनको शर्त हामीलाई मञ्जुर छैन् । यसअघि धेरै देशले सिधै एनएसजीको सदस्यता पाएका छन् । हामीले पनि पाउनुपर्छ र पाउँछौं ।’ दैनिक नेपाल डट कमबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...